शिक्षा क्षेत्रमा आइसिटी को भूमिका

Bhaskar Bhatt
2 min readNov 28, 2017

--

वर्तमान युग ICT को समय हो । सुचना प्रविधिले मानव जिवन संग सम्बन्धित सम्पूर्ण क्षेत्रलाइ प्रभाव पारेकोले शिक्षा जगत पनि यसबाट अछूतो रहन सक्दैन । शिक्षा क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अध्ययन अनुसंधान भइरहेको अवस्थामा शिक्षण कार्यमा ICT ले महत्वपूर्ण भूमिका खेलेको छ । वर्तमान अवस्थामा ICT को प्रयोग आजको आधारभूत आवश्यकता भईसकेको छ । शिक्षाको क्षेत्रमा शिक्षण ICT को प्रयोगबिना गरिने शिक्षण प्रभावकारी हुन सक्दैन तसर्थ शिक्षण क्षेत्रमा संलग्न जनशक्तिले आफूलाई अध्यावधिक गराई राख्न सूचना प्रविधिको प्रयोग गरी शिक्षण कार्य गर्नु जरुरी छ तर हाम्रो देशको सन्दर्भमा भन्दा हामी सूचना तथा प्रविधिको क्षेत्रमा धेरे पछाडी परेका छौ ।हाम्रो देशका शिक्षक,प्रशिक्षक तथा शिक्षा क्षेत्रमा संलग्न पेशाकर्मीहरुमा सूचना तथा प्रविधिको ज्ञानको अभाव रहेको छ । राष्ट्रको विकासको आधारस्तम्भ नै शिक्षा हो तसर्थ देशको आर्थिक; सामाजिक, राजनैतिक, भौगोलिक तथा सर्वाङ्गीण विकासकालागि शिक्षाको सुधार तथा विकास हुनुजरुरी छ । जसकालागि शिक्षाक्षेत्रमा कार्यरत जनशक्तिलाई सूचना तथा प्रविधिको ज्ञान हुनु आजको आवश्यकता भईसकेको छ ।

शिक्षण कार्यमा ICT ले कति सहज तुल्याउँछ भन्नेबारे शिक्षकहरूलाई करकाप गरेर होइन उनीहरू आफैं बुझ्न सक्ने स्थिति बनाउनु पर्ने हुन्छ । यसको लागि हरेक विद्यालयको शिक्षण कार्यमा सूचना तथा सञ्चार प्रविधिको व्यावहारिक प्रयोग गरेर देखाउन सक्ने दक्ष शिक्षकको व्यवस्था लगायत शिक्षक हरूका लागि तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गर्नुपर्ने देखिन्छ । वितेका केही वर्षहरूमा सरकारले सूचना तथा सञ्चार प्रविधि पूर्वाधार विकासका लागि निकै खर्च गरेको भएपनि बिभिन्न कठिनाइ हरु को कारण ले गर्दा यो खासै सफल भएको देखिदैन ।

परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षा दिनु भनेको सिकारु तथा बालबालिकालाई भविष्यमा आइपर्ने समस्या समाधानमा सहयोग पुर्याउनु हो । शिक्षाले विश्व परिवेश, राष्ट्र, समाजले आर्जन गरेको ज्ञानलाई व्यक्तिलाई हस्तान्तरण गरी व्यवहारमा प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनु पर्दछ । जापान, सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया जस्ता विकासमा फड्को मार्न सफल देशहरुको विकासको एउटै रहस्य सूचना प्रविधिलाई भित्राउनु र प्रविधिलाई प्रयोग गर्न सक्ने जनशक्ति तयार गर्नु हो । हाम्रो अवस्था हेर्ने हो भने निकै नाजुक छ । धेरै विद्यालयमाहरु दिइएका कम्प्यूटर सेटहरु पनि प्रयोगको सीपको अभावमा थन्किएर पुराना र काम नलाग्ने हुँदैछन् ।

आइसिटी मा आधारित सिकाइले विद्यार्थी लाई देशभित्रै बसेर एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सजिलो बनाएको छ र भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य गर्न सकिन्छ। शिक्षक होस् वा विद्यार्थी कम्प्युटर, ल्यापटप, स्मार्ट फोन केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्ने लगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गर्न सकिन्छ।

--

--

Bhaskar Bhatt
Bhaskar Bhatt

Written by Bhaskar Bhatt

Tech Enthusiast | Learner | A Traveller to Explore the Obscure Phases of Life. @sysqube

No responses yet